मोसा एकापसमा ठक्कर खाँदा एक युवकको घटनाएथलमै मृत्यु
अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।

२०७८ कार्तिक १२ शुक्रबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, झापा । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे ९ प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।
उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…