देशको सात संवैधानिक आयोगहरुमध्ये मधेशी आयोग पहिलो स्थानमा
सो अध्ययन अनुसार यस बिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।

२०७८ कार्तिक ११ बिहीबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको विभिन्न ७ वटा संवैधानिक अँगहरुमध्ये मधेशी आयोग पहिलो स्थानमा रहेको जुरी नेपालको कार्यपत्रमा उल्लेख छ ।
बुधबार जुरी नेपालको आयोजनामा आयोजित “संवैधानिक आयोगहरुको सिफारिस कार्यन्वयनको वर्तमान अवस्था र चुनौती” विषयक अन्तरक्रिया कार्यत्रममा मधेशी आयोगलाई पहिलो स्थान दिएको बताइएको छ ।
विभिन्न संवैधानिक आयोगहरु, मेची देखि महाकाली सम्मका अधिकारकर्मीहरु, मानवअधिकार संस्थाहरु लगायतको सहभागितामा तथा मधेशी आयोग र न्याय तथा मानव अधिकारका लागी संस्था (जुरी नेपाल) को सो कार्यक्रममा मानवअधिकार आयोगपछि मधेशी आयोगलाई पहिलो स्थानमा राखिएको हो ।
अधिवक्ता तथा जुरी–नेपालको कार्यक्रम निर्देशक मोहनलाल आचार्यद्वारा प्रस्तुत कार्यपत्रमा राष्ट्रिय मानवअधिकार आयोग पहिलो, मधेशी आयोग दोस्रो, थारु आयोग तेस्रो र राष्ट्रिय समावेशी आयोग चौथो स्थानमा रहेको देखाइएको छ ।
सो अध्ययन अनुसार यस बिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।
लगातार दुई वर्षका दुई वटा अध्ययन प्रतिवेदनहरु अनुसार अति न्यून मानवीय र भौतिक स्रोत साधनका बाबजुद पनि मधेशी आयोग अग्रस्थानमै रहेको छ ।
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले चुनौतीहरुलाई अवसरमा रुपान्तरण गर्दै लिएर जानुपर्ने हामी सबैको प्रथम कर्तव्य रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…