विद्यालय बन्द गरेर श्राद्धको भोज, पठनपाठन बन्द 

२०७८ कार्तिक १० बुधबार
बिहान ०९:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको औरही गाउँपालिकास्थित माध्यमिक विद्यालय देउरी परवाहाको परिसरमा मंगलबार बिहानैदेखि श्राद्धको भोजका लागि पकवानहरु पाक्दै थियो ।

विद्यालयको प्रवेशद्वारमै पाक्दै गरेको पकवानको मगमग बास्ना र परिकार हेर्दै शिक्षक विद्यार्थी विद्यालय पसे । भोजका कारण अन्य दिन जस्तो विद्यालयमा पठनपाठन हुन सकेन् । कक्षामा विद्यार्थी खचाखच भरिएका थिए ।

 शिक्षक पनि विद्यालयमा थिए । तर भोजभतेरको चहलपहलले गर्दा पढाइ हुन सकेन् । विद्यालय सञ्चालन भएपनि भोज पाक्दै गरेको आसपासका कक्षामा भने पढाइ हुन सकेन् । 

कक्षा कोठाको अगाडी भिडभाड, चहलपहल र खानाको परिकारको बास्नाले पढ्ने पढाउन वातावरण नै थिएन । विद्यालय परिसर र कक्षा कोठामा श्राद्धको भोज हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको थियो । 

श्राद्धको भोजकै कारण कक्षा ७ र ८ का विद्यार्थी पढन पाएनन् । दुई वटा कक्षा खाली गराएर भोजको समान राखिएको थियो । विद्यालयमा भोज गर्न कक्षा ७ र ८ का विद्यार्थीलाई अन्य कक्षामा बसाइएको थियो । 

कक्षा कोठामा भोजको सामान र अगाडि भोज पाक्दा भएको भिडभाड र खानाको बास्नाले पढाइमा असर परेको प्रधानाध्यापक रामनाथ साहले बताए । 

गाउँमा सार्वजनिक स्थान नहुँदा स्थानीयहरुले विवाहमा जन्ती र श्राद्धको भोज विद्यालयमा गर्दै आएको छ, साहले भने,‘स्थानीयहरुको बैठकले नै विद्यालयमा भोज गर्न पाउने र विवाहमा जन्ती राख्ने निर्णय गरेका छन् ।’ स्थानीयले गरेको निर्णय अनुसार विद्यालय परिसरमा भोज भतेर भइरहेको छ, उनले भने । 

भोजका कारण मंगलबार पढाइबाट बञ्चित भएका कक्षा ८ का विद्यार्थीका अनुसार विद्यालयमा भोज हुँदा दुई साता सम्म फोहर र दुर्गन्धले पढ्न सक्ने वातावरण हुदैन् ।

विद्यालय परिसरमा भोज भतेर हुँदा पढाइ प्रभावित हुनु समान्य जस्तै भएको कक्षा ८ मा अध्ययनरत छात्रा पूजा कुमारी यादवले बताइन् ।

 भोज खान त हामी पनि आउँछौ उनले भनिन,‘भोजको मिठो परिकारको फोहर महिनौ सम्म गन्हाइरहन्छ ।’ भोजभतेरमा भएको फोहर विद्यालय परिसरको पोखरी डिलमा फाल्दा विद्यालय नै दुर्गन्धित हुने गरेको उनले बताइन् । आजको जनकपुरटुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७८ कार्तिक १० बुधबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus