भ्रष्टाचार विरुद्ध ईन्जिनीयरको अगुवाईमा आन्दोलन

२०७८ कार्तिक १० बुधबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित रहेको बलबा नगरपालिकाको कार्यालय अगाडी शान्तीपूर्ण धर्ना दिइएको छ । 

स्थानिय ई।वसन्तराज साहको अगुवाईमा नगरवासीहरु विभिन्न सात बुँदे माग सहित धर्ना तथा शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका छन् । 

जनकपुरधामको होटल, पानपसल तथा आफनो घर र चोकचोकबाटै नगरपालिका चलाउने गरेका बल्वाका मेयर बिनोद यादवसंग पटक पटक सुचना माग्दा समेत अटेरी गरेको, नगरपालिकामा पटक्कै नबसि जनकपुरधामबाटै कार्यसम्पादन गर्ने गरेको, किसानहरुको मुआब्जा तथा बाढीपिडितहरुलाई राहत दिन कुनै चासो नदेखाएको, पाँच वर्ष बित्न लाग्दा समेत बजेट किताब सार्वजानिक गर्न नसकेको र लेखा परिक्षण तथा प्रतिवेदनमा व्यापक बेरुजु सहित भ्रष्टाचार गरेको भन्दै उनीहरु सो समस्या समाधानको मांग सहित धर्नामा बसेका हुन ।

उनीहरुले नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनको मांग समेत गरेका छन् । विभिन्न सात बुँदे मांग सातदिनको अल्टिमेटम भित्र समाधान नभए पुनः कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । 

उनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।

  • 4%
  • 2%
  • 2%
  • 2%
  • 83%
  • 2%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ कार्तिक १० बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus