मुस्कान खातुनलाई थप उपचारको लागी प्रदेश सरकारले फेरी पाँच लाख दिने

यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

२०७८ कार्तिक ९ मंगलबार
बिहान १०:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्री परिषदको मँगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । 

यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

२०७६ साल भदौमा दुई युवकले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् ।

  • 50%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ कार्तिक ९ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus