भ्रष्टाचारको विरोधमा अनसन बसेकाहरुलाई मुख्यमन्त्रीले पनि दिएन मतलब

२०७८ कार्तिक ९ मंगलबार
बिहान १०:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलास्थित विगत ३७ दिनदेखि निरन्तर अनसनमा बसेका अनसनकारीहरुलाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले मतलब नै दिएनन् । 

अनसनकारीहरुको नजिकै भएर पार्टी प्रवेश कार्यक्रममा गएका मुख्यमन्त्री राउत तथा अन्य मन्त्री वा साँसदहरुले समेत अनसनकारीहरुलाई मतलब दिएनन् । 

आईतबार सबैला नगरपालिका वडा नं. ४ स्थित राखिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री राउतले विगत ३७ दिनदेखि निरन्तर भ्रष्टाचारको विरोधमा अनसन बसेकाहरुलाई कुनै मायने मतलब नदिएपछि अनसनकारीहरुले फेसबुकमा आक्रोस पोखेका छन् । 

सबैला नगरपालिकाको अगाडी नै रहेको अनसन स्थलबाट नेता कार्यकर्ताहरु गएपनि अनसनकारीहरुलाई भने भेटेनन् । सबैला नगरपालिकामा भ्रष्टाचार भएको आरोप सहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले अनसन बसेका छन् । 

अनसन स्थलकै नजिकबाट कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउतको तामझाम गएपनि अनसनकारीहरुलाई बेवास्ता गर्दै कार्यक्रम स्थल पुगेको थियो । 

प्रदेश नम्बर २ का गठन गरिएको जनलोकपालले पनि अनसनकारीहरुलाई मतलब दिएको छैनन् । प्रदेश सरकारले भ्रष्टार निर्मुल पार्ने उदेश्यले गठन गरेको जनलोकपाल पनि निकम्मा भएर बसेको छ । 

प्रदेश जनलोकपाल गठन भएपनि अहिलेसम्म कर्मचारी मात्र भर्ना गरी कुनै पनि कार्य त्यस्तो नगरेको देखिएको छ । प्रदेशका मन्त्रीहरुले आफ्नो मान्छे पाल्नको लागि मात्र लोकपाल गठन गदैै कामै नगरी तलब खुवाउने योजना बनाएको आरोप पनि छ । 

  • 0%
  • 1%
  • 0%
  • 1%
  • 0%
  • 99%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ कार्तिक ९ मंगलबार

Bureau Menus