डा. सिके राउत नेतृत्वको जनमत पार्टी आजदेखि चरणवद्ध आन्दोलनमा
उक्त ज्ञापनपत्र जनमत पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (धनुषा) मा बोधार्थ पठाएको छ।

२०७८ कार्तिक ८ सोमबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि चरणवद्ध आन्दोलन गर्ने भएको छ ।
गिरफ्तार गरिएका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीहरूलाई कारबाही माग गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।
जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले आज (सोमबार) देखि कात्तिक १६ गतेसम्म चरणबद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो।
उसले जारी गरेको विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलनअन्तर्गत आज जिल्ला सदरमुकामहरूमा सिटी जुलुस, ९ गते पालिकाहरूमा मोटरसाइकल र्याली, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण, १२ गते जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएका छन्।
यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया गरेर आफ्ना माग जनतासमक्ष जानकारी गराउने तथा सर्वपक्षीय जनआन्दोलन तयसमेत गरिने जनमत पार्टीले जनाएको छ।
चार पृष्ठ लामो विज्ञप्तिमा सरकारले आफ्ना नेता÷कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको आरोप जनमत पार्टीले लगएको छ।
यस्तै उसले भ्रष्टाचारमा संलग्न प्रदेश २ का राज्यका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग पनि गरेको छ।
जनकपुरस्थित आफ्नो पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न जनमत पार्टीले प्रहरीलाई ४८ घण्टे अल्टिमेटम दिएको छ।
उक्त ज्ञापनपत्र जनमत पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (धनुषा) मा बोधार्थ पठाएको छ।
गत बिहीबार जनकपुरमा जनमत पार्टीका नेतारकार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई जनकारवाही भन्दै अर्ध नग्न पारी बजार घुमाएको थियो ।
सोही आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि सार्वजनिक उपद्रवको मुद्दा चलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…