एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको सचिवमा निर्वाचित
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।

२०७८ कार्तिक ७ आइतबार, दिउँसो १२:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूो, नेपाल । कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन्।
दार्चुलामा गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। उनै डोबाल शनिबार सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमामा चयन भएका छन्।
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
नेकपा एमाले दार्चुलाले शनिबार ६१ वटा वडाहरू मध्ये धेरैजसो वडामा अधिवेशन सम्पन्न गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…