डा. सिके राउतका १५ कार्यकर्ता पक्राउ
सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।

२०७८ कार्तिक ४ बिहीबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विहिबार दिउँसो जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १५ जनालाई पक्राउ गरेको छ ।
निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि सुरुमा १० जनालाई पक्राउ गएिकोमा पुनः ५ जना गरी १५ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । डा. राउतका कार्यकर्तालाई पक्राउ गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी अहिले प्रदर्शन गरिरहेका छन् ।
जनमत पार्टीका विजय यादव सहित पक्राउ परेका अन्य सदस्यहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै डा. राउतका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चर्को नारावाजी गरिरहेका छन् ।
निमित्त प्रमुख कुश्वाहालाई विहिबार दिउँसो उनकै कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै हिलो पोतेर बजार घुमाएपछि चर्को आलोचना भएको थियो । सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…