मोहम्मद डे को जुलुसमा रथले किच्दा एक बालकको मृत्यू
रथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ ।

२०७८ कार्तिक ४ बिहीबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । ईस्लाम धर्मावलम्वीहरुले मोहम्मद पैगम्वरको जन्मोत्सव मनाई रहेको बेला सिरहामा एक जना बालकको मृत्यु भएको छ ।
बुधबार सिरहा जिल्लामा पैगम्बरको जन्म जयन्तीको अवसरमा निकालिएको र्यालीमा रथ भीडमा अनियन्त्रित भई बालकलाई कुल्चिेको हो ।
सिरहा नगरपालिका–१२ सारश्वरका ईस्लाम मियाँको १० वर्षीय छोरा जाहिद राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक बालक रथमा सवार रहेको बेला रथवाट लडेर किचिएर ज्यान गएको जिप्रका सिरहाले जानकारी दिएका छन् ।
रथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ ।
यता, ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा जनकपुरमा पनि र्याली निकालेको छ ।
ईस्लामिक महिना रविउलऔएलको १२ तारिकका बिहान हजरत पैगम्बर मोहम्मदको जन्म संसारकै मुस्लिमहरुको पवित्र स्थल मानिने खाडी मुलुक सउदी अरबको मक्का मदिनमा भएको थियो ।
सो क्रममा बुधवार धनुषा जिल्लाका गाउँबाट मुस्लिम समुदाय जनकपुरधाममा र्यालीको आयोजना गरेका गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…