रुपन्देहीमा झडपको लागि उक्साउने साबिर अली पक्राउ, सार्वजनिक शान्ती विरुद्धको कसुरमा मुद्दा
साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ ।

२०७८ कार्तिक ३ बुधबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बुटबल । रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर अलिलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलबस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर बुटवल ११ देवीनगरमा डेरा गरि बस्दै आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ ।
उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाइएको छ ।
प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने क्रममा भएको झडपमा गएको असोज २४ गते ४ जनाको ज्यान गएको थियो ।
प्रहरीसहित केही घाइते भएका थिए । घटनामा संलग्न अरुको पनि खोजी भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…