प्रदेश २ मा भोली सार्वजनिक विदा
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

२०७८ कार्तिक १ सोमबार, दिउँसो ४:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश (प्रदेश नम्बर २ ) मा भोली सार्वजनिक विदा हुने भएको छ ।
मुश्लिम धर्माम्बलीहरुको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…