बस दुर्घटना हुँदा २८ जनाको मृत्यू, कैयौँको अवस्था गम्भिर, हेलिकप्टरबाट उद्धार गरिदै
बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले सो घटनामा २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताए । मृतकको संख्या बढी हुन सक्ने उनले बताए । घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको

२०७८ असोज २६ मंगलबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । मुगुको पिनाटपने खोलामा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । आज भएको घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
भे १ ख ३१६७ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा घटना भएको हो । दुर्घटनामा परेको बसमा दशैं मनाउन घर जान लागेका यात्रु भएको बुझिएको छ ।
बस नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीतर्फ गइरहेको थियो । घटनास्थलमा उद्धार कार्य भइरहेको बुझिएको छ । उपचारको क्रममा ४ जनाको मृत्यू भएको हो ।
घटनाबारे छानविन समेत बढाइएको छ । १४ जना घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकोप्टरमार्फत् समेत उद्धार गरी अस्पताल पुर्याइएको छ ।
बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले सो घटनामा २८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताए । मृतकको संख्या बढी हुन सक्ने उनले बताए ।
घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…