अब सिडिओ अफिस धनुषामा आलोपालो सिस्टम हटयो, सबै दिन सबैको काम हुने
यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ ।

२०७८ असोज २५ सोमबार, दिउँसो २:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा लगाइएको सिन्डीकेट प्रणाली हटाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै कोरोना महामारीको कारण दिन अनुसार स्थानीय तहहरुको सेवा प्रदान गर्दै आएकोमा अब सो सिन्डीकेट प्रणाली हटाइने बताइएको छ ।
आगामी असोज ३१ गते आईतबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको १८ वटै स्थानीय तहलाई ६ दिनसम्म पालैपालो सेवा दिँदै आएको थियो । शनिबार बाहेक आईतबारदेखि शुक्रबारसम्म धनुषाको सबै स्थानीय तहलाई बार (दिन) अनुसार सेवा सुविधाहरु दिँदै आएको थियो ।

कोरोना महामारीको अवस्थामा सुधार हुँदै जाँदा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले अब पहिलेझैँ अब कुनै पनि दिनमा कुनै व्यक्तिले सेवा पाउन सकिनेछ । यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ ।
दिन अनुसार नै सेवाग्राहीहरु जाँदा तोकिएको स्थानीय तह बाहिरका सेवाग्राहीलाई घर फर्किनु पनि परेको थियो । कोरोना महामारीलाई दृष्टिगत गरी भीडभाड कम गर्नको लागि लगाएको आलोपालो सिस्टम हटाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…