प्रहरी हिरासतभित्रै युवक शौचालयमा झुण्डिएको अवस्थामा फेला

आईतबार बिहान मात्र प्रदेश नम्बर १ को सुनसरीमा प्रहरी हिरासतभित्रै शौचालयमा झुण्डिएको अवस्थामा एक युवक फेला परेको थियो । 

२०७८ असोज २५ सोमबार
दिउसो २:२७ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, टिकापुर ।  इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्। 

सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना सोमबार बिहान  ६ बजे हिरासतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

राना इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्रको शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा मृत फेला परेको विष्टले बताए।

उनलाई आइतबार प्रहरीले चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनीमाथि जानकी गाउँपालिका वडा नम्बर १ तौरैयापुर बस्ने पुलुराम थारूको एउटा भैंसी चोरी गरेको आरोप थियो। आइतबार बिहान भैंसी हराएपछि खोजी गर्नेक्रममा रानालाई भैंसीसहित फेला पारेको प्रहरीले जनाएको छ। 

प्रहरीलाई खबर भएपछि रानालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। पछि भैंसी धनी थारूले उनीमाथि आवश्यक कारबाही गरी पाऊँ भन्दै टीकापुरमा निवेदन दिएका थिए। 

त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो। त्यसैक्रममा आइतबार उनी मृत फेला परेका हुन्। घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।  

आईतबार बिहान मात्र प्रदेश नम्बर १ को सुनसरीमा प्रहरी हिरासतभित्रै शौचालयमा झुण्डिएको अवस्थामा एक युवक फेला परेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus