उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित
न्यूज ब्यूरो || काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उम्मेदवारीको प्रस्तावकमा र

२०७४ चैत ४ आइतबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौँ, ४ चैत । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो ।
यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहनुभएको थियो ।
उहाँलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…