सोनामाई मन्दिरमा भूतमेला सुरु
मेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

२०७८ असोज २५ सोमबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित ऐतिहासिक सोनामाई मन्दिरमा आईतबारदेखि भूतमेला प्रारम्भ भएको छ ।
प्रत्येक वर्ष विजयादशमीको चौठी तिथिदेखि सुरु भई विजयादशमी (जात्रा) को दिन सम्म चल्नेछ । सो मेलामा दुष्टआत्माबाट पीडितहरुलाई धामी झाँक्रीले झारफुक गरी निको गर्ने जनविश्वास रहेको छ ।
मेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…