मधेशको झिझियामा पनि झेल, मौलिकता कम 'ओरकेष्ट्रा' ज्यादे
आयातित डिजे गीतमा टाउकोमा प्वाल पारिएको भाँडा लिएर झिझिया दर्साउने प्रयासलाई अगाडी बढाएको छ ।

२०७८ असोज २४ आइतबार, बिहान ८:२९ बजे२ मिनेट पढाइ

सम्पादकीय । यतिबेला तराई मधेशमा झिझियाको रौनक हुनुपर्ने थियो । वडादशैँ चढे लगत्तै तराई मधेशको विभिन्न जिल्लामा झिझिया नृत्यले लोक पाराम्पारिक र मौलिकतालाई झल्काउने झिझिया खेलिन्थ्यो, अहिले सोही झिझियाको ठाउँमा विशुद्ध ओरकेष्ट्रा नाच गरिरहेको पाईएको छ ।
अहिले तराई मधेशको विभिन्न जिल्लाहरुमा झिझियाको नाममा गरिने नृत्य र गीत हराउँदै गएको छ । धनुषा, सिरहा, महोत्तरी लगायतका जिल्लाहरुमा किशोरीहरुले झिझियाको मौलिकतालाई चुनौती दिएको पाइएको छ ।
दशैँमा पिछडिएका वर्गहरुले खेल्ने झिझिया, जसले मिथिला र मधेशको मौलिकता र परम्परालाई झल्काउँथ्यो अहिले सोही झिझियामा झेल गरिएको छ । युवति, किशोरीहरुले पाराम्पारिक झिझिया गीत र भावलाई लात्त हान्दै आधुनिक र अश्लिल प्रकारको गीतहरुमा नृत्य गरी झिझिया नृत्यको प्रयासलाई अगाडी बढाएको छ ।
आयातित डिजे गीतमा टाउकोमा प्वाल पारिएको भाँडा लिएर झिझिया दर्साउने प्रयासलाई अगाडी बढाएको छ । पहिले गल्ली गल्लीमा घुमेर खेलिने झिझिया अहिले स्टेज बनाएर ओरकेष्ट्रा नाचझै झिझियाको स्वरुप दिएको छ ।
झिझिया खेल्दा झिझियाकै मौलिक गीत र भाव झल्किने गरी खेल्नुपर्नेमा आयोजकहरुले आयोजना गर्ने त्यस्ता कार्यक्रममा भोजपुरी डिजे जे सुकै गीतमा नाचेर त्यसलाई झिझिया भन्न बाध्य पार्ने गरेको देखिन्छ ।
शनिबार साँझ सिरहा जिल्लास्थित नरहा गाउँपालिका वडा नम्बर ३ मा आयोजना गरिएको झिझियाँ साँस्कृतिक कार्यक्रमको नाममा एकआध मात्र झिझिया गीत बज्यो । त्यहाँ आयातित भोजपुरी अश्लिल खालको, डिजे सेट गरिएको अन्य गीतहरु बजेको पाइएयो । यसले मिथिला मधेशको धरोहर र सँस्कृतिलाई मात्र होईन धर्मलाई समेत सँकटमा नपार्ने भनेर भन्न सक्ने अवस्था दर्साएनन् ।
आयोजकले पनि किशोरी युवतिहरुलाई केही भन्न पाएनन् । उनीहरुले झिझिया साँस्कृति कार्यक्रमको दौरान आफूखुसी मन लाग्ने गीतमा झिझिया झल्काउने प्रयास गर्दा पनि आयोजकले भने उनीहरुलाई रोकेको देखिएनन् ।
यसरी दिनानुदिन मिथिला मधेशको धरोहरलाई आधुनिकता र वर्तमान समयमा दिएको चुनौतिलाई निराकरणको उपाय खोज्नु आजको आवश्यकता देखिन्छ । आयोजकले समेत यस्ता प्रवृति र यस्ता नृत्य गीतलाई लगाम लगाउनुका साथै त्यस्ता टिमलाई बहिष्कार गर्नुको विकल्प छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…