जनकपुरः नेपाल–भारतको बोर्डरमै धर्ना
अहिले प्रत्येक जिल्लामा एक नाकाबाट गाडी आबत जाबतको क्रम सुरु भएको छ।

२०७८ असोज १९ मंगलबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतसँग रहेको सबै नाकाबाट सवारी आवतजावतको माग गर्दै नेपाल–भारत सीमामा धर्ना दिइएको छ ।
नेपाल भारत खुला सिमा संबाद समूहद्वारा कोरोनाको बहानामा बंद रहेको प्रत्येक नाका खोल्नु पर्ने माग सहित धर्ना दिएको हो ।
नेपाल भारत सिमा खुला गराउन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको संबाद समुहका अध्यक्ष राजीव झाले जनाएका छन । एक महिनासम्म बोर्डरमा धर्ना बिचार गोष्टि जनजागरण जुम प्रबिधि मार्फत संबाद लगायतका बिरोधका कार्यक्रमहरु पनि गरेको छ।
“अहिले प्रत्येक जिल्लामा एक नाकाबाट गाडी आबत जाबतको क्रम सुरु भएको छ। तर समुहको माग प्रत्येक नाका खुला हुनुपर्ने हो।”– झाले भने ।
नेपाल भारत सिमास्थित प्रत्येक नाका खुला गर्नु पन माग गर्दै साथ धनौजी गाउँपालिकाको प्रत्याशी अध्यक्ष जिबेन्द्र झाको अध्यक्षता तथा राजीव झाको प्रमुख आतिथ्यमा धर्ना कार्यक्रम गरिएको थियो ।
सो धर्ना कार्यक्रममा धनौजी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष श्याम साह ,डा. अजय मिश्रा, उपेन्द्र मंडल, सन्तोष मंडल, राम सोगारथ भगत ,नथुनी मंडल ,राजु मंडल सहित सयौंको संख्यामा ग्रामीणहरुद्वारा धनौजी गाउँपालिका वडा नं. ४ भडरिया सिमामा एक दिने धर्ना कार्यक्रम गरिएको थियो ।
यसै नाकामा केहि महिना अगाडि मेन बाटोबाट ग्रामीणलाई जान नदिएपछि नदि तरी जाँदै गरेको २ जना ग्रामीणको नदिमा डुबेर ज्यान गएको थियो ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाले सवारी आवागमनको लागि जटही नाका मात्र खुल्ला गरिएको बताउँदै मानिसको आवतजावत सबै नाकाबाट खुल्ला गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…