उपेन्द्र यादवको हु–बहु स्केच बनाएर रितिकाले गरिन हस्तान्तरण
नाईटीँगल हायर सेकेन्डरी स्कूलबाट एस.एल.सी उतीर्ण गरेकी रितिका ग्लोबल कलेजबाट प्लट टु पढेकी हुन् ।

२०७८ असोज १६ शनिबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सिरहा निवासी २० बर्षिय रितिका कुमारी यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको स्केच बनाएर हस्तान्तरण गरेकी छन् ।
शुक्रबार उनकै कार्यकक्षमा पुगेर रितिकाले उपेन्द्र यादवको स्केच तस्विर बनाए स–प्रेम भेँट गरेकी हुन् । १८ बर्षकै उमेरदेखि स्केच बनाउन सुरु गरिएकी रितिकाले सर्वप्रथम आफ्नो बुवाको तस्विरको स्केच बनाएकी थिइन् ।
सिरहाको सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा बस्ने गोपाल प्रसाद यादवकी २० बर्षिय छोरी रितिका कुमारी यादवले बच्चैदेखि कसैको स्केच बनाउने तर्फ बढी ध्यान केन्द्रीत गरिएकी थिइन् । सिक्दासिक्दै रितिकाले समय लगाएर उपेन्द्र यादवको हु–बहु स्केच कोर्न सफल भएकी हुन् ।
नाईटीँगल हायर सेकेन्डरी स्कूलबाट एस.एल.सी उतीर्ण गरेकी रितिका ग्लोबल कलेजबाट प्लट टु पढेकी हुन् । सानै उमेरदेखि पत्रपत्रिकामा समेत चासो राख्दै आएकी रितिकाले स्केचप्रति अधिक ध्यान दिएकी थिइन् ।
शुक्रबार उपेन्द्र यादवको स्केच भेँट गरेपछि यादवले उनको उज्जल भविष्यको कामना गरेका थिए । आफ्नो हु–बहु स्केच बनाएर भेँट दिएपछि कृतज्ञता व्यक्त गर्दै अध्यक्ष यादवले उनलाई आशिर्वाद समेत थपे ।
नेपाल कमर्स कलेजमा तेस्रो समेष्टरमा अध्ययनरत रितिका कमर्सतर्फ पढाई जारी राख्दै आफ्नो रुची भने स्केचतर्फ नै बढी रहेको बताइन् । उनले देशका दिग्गज व्यक्तित्वहरुको स्केच बनाउने सोंचमा रहेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…