जनकपुरको मोनाष्टिकले गरे कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत
जनकपुर र आसपासका क्षेत्रका अधिकाँश अभिभावकहरुको च्वाईसको रुपमा रहेको मोनाष्टिक स्कूल÷कलेज अतिरिक्त क्रियाकलापको लागि अन्तराष्ट्रिय स्तरसमा समेत प्रसिद्धि कमाएको छ ।

२०७८ असोज १५ शुक्रबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित चर्चित विद्यालय मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले एक कार्यक्रमबीच कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत (वेलकम प्रोग्राम) गरेको छ ।
प्रदेश नम्बर २ मै चर्चित रहेको मोनाष्टिकको ईन्टरमेडिएट (प्लस टु) तर्फ विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा संकायमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई विहिबार स्वागत गरिएको हो ।
कक्षा १२ का विद्यार्थीले विहीबार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको थियो ।
१२ कक्षाका विद्यार्थीहरुले वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा नाटक प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरुको जोडदार प्रस्तुती देखेर नवआगन्तुक विद्यार्थीहरु हौसिएका थिए भने अतिथिहरुले प्रतिभाको प्रशंसा गरे ।

स्वागत कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, जनकपुरका प्रमुख प्रकाशराज काफ्लेले मोनाष्टिक कलेजको बाहिर हुने प्रशंसालाई परीक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताए ।
विद्यार्थीको कलाको प्रशंसा गरेका काफ्लेले हरेक शिक्षण संस्थाले परीक्षामा विद्यार्थीले दायाँबायाँ हेर्नुपर्ने अवस्था नआउने गरी अध्ययन गराउनुपर्नेमा जोड दिए । कलेजका मेनेजिङ डायरेक्टर डा.सोनु कुमारले कलेजको लक्ष्य नै अनुसन्धान, नयाँ आविस्कारको विकास गर्दै सर्वोत्कृष्ट हुने रहेको बताए ।

उनले विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर नवीनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयकी संस्थापिका श्रीमती वीणा देवी साहले नवआगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसका लागि कलेजले आवश्यक वातावरण तयार गरेको बताइन् ।
जनकपुर र आसपासका क्षेत्रका अधिकाँश अभिभावकहरुको च्वाईसको रुपमा रहेको मोनाष्टिक स्कूल÷कलेज अतिरिक्त क्रियाकलापको लागि अन्तराष्ट्रिय स्तरसमा समेत प्रसिद्धि कमाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…