प्रदेश २ सरकारको दुई अस्त्रः 'शहिदको रगत' पछि 'सँघीयता'
लालबाबु सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न सहयोग गर्नुपर्छ । साईकल खरिद मात्र मुद्दा नभएर अन्य विभिन्न स्तरबाट भएको भ्रष्टाचारको छानबिनको लागि जनलोकपालको हैसियत खत्तम पार्दै अख्तियारले देखाएको चासोलाई मुख्यमन्त्रीले सराहना गर्नुपर्छ ।

२०७८ असोज १४ बिहीबार, बिहान ७:४८ बजे२ मिनेट पढाइ
सम्पादकीय । हालसम्म प्रदेश नम्बर २ को अधिकारीक न्वारन समेत गर्न नसकेको प्रदेश सरकारले जहिले पनि दुई अस्त्रको प्रयोग गर्दै आएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले जहिले पनि र जहाँ पनि आम नागरिकलाई दुई अस्त्रले मात्र चित्त बुझाउँदै आएको छ । त्यो दुई अस्त्र हुनः शहिदको रगत र सँघीयता ।
मँचहरुमा भाषण गर्दा मधेशी शहिदको रगत, मधेशी शहिदको रगत, बलिदानी जस्ता शब्द अस्त्र प्रयोग गर्दै आएका लालबाबू राउतको सरकारले विगत केही महिनादेखि अब सँघीयताको किरिया दिँदै आएका छन् ।
प्रदेश सरकारले गरेको भ्रष्टाचार, गर्दै आएको भ्रष्टाचार बाहिर आउन लाग्दा बेतुका बयानबाजी गर्दै सँघीयता अस्त्रलाई चलाउन गरेको छ । यति मात्र होईन जनता समाजवादी पार्टी (जसपा) का अन्य नेताहरु पनि सँघीयताकै किरिया दिँदै आएको छ ।
जसपाका अध्यक्ष “उपेन्द्र यादवकै कारण सँघीयता आएको, पहाडी शासकहरुले सँघीयता खारेज गर्ने षडयन्त्र गरेको, सँघीयता खारेज गर्न खोजेको, सँघीयता विरोधी कार्य गरेको” प्रायः यतिको मात्र शब्दहरु जसपाका नेता, मन्त्रीहरुले प्रयोग गर्दै आएका छन् ।
आफ्नो भ्रष्टाचार लुकाउनको लागि कहिले मधेशी शहिदलाई पुनः मार्ने गरेका छन् भने कहिले सँघीयताको आड लिएर खुल्ला रुपमा भ्रष्टाचार गर्न दिन अप्रत्यक्ष रुपमा जुक्ती लगाइरहेको देखिएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा हान्दै साईकल किनेको फाईलहरु उठाएर लग्यो । अख्तियारको टोली गएलगत्तै आकस्मिक पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री राउतले अख्तियारको टोलीलाई समेत उदृत गर्दै “सँघीयता विरोधी” को सँज्ञा दिन पछि हटेनन् ।
नाकारात्मक कारनामाले पनि चर्चा रहदै आएको प्रदेश २ का मन्त्री तथा प्रदेश नम्बर २ को प्रदेश सरकारको भ्रष्टाचारको नयाँ तौर तरिकाहरु पनि विभिन्न समयमा सँचारमाध्यमहरुमा आईरहेको देखिन्छन् ।
मुख्यमन्त्रीको अभियान बेटी पढाउ, बेटी बचाउ अभियानमै साईकलमा अनियमितता गरेको प्रष्ट देखिएपछि अख्तियारले बुधबार छापा हान्यो, तर त्यसलाई जसपाका नेताहरु, मन्त्रीहरुले त्यतिबेला पनि “सँघीयता खारेज गर्ने षडयन्त्र” गरेको भन्नबाट चुकेनन् ।
गत बर्ष मात्रै प्रदेश नम्बर २ एक सचिव सहित केही कर्मचारीलाई अख्तियारले निलम्बन गरेको थियो । कोरोना कालमा समाजिक विकास मन्त्रालयमा समेत अख्तियारले छापा हानेको थियो । त्यतिबेला पनि यीनीहरुले एउटै रट्ट लगाएको थियो–“सँघीयता खारेज गर्ने षडयन्त्र” ।
अब प्रदेश २ का सरकारले साईकल खरिदमा गरेको भ्रष्टाचारको लागि सँघीयतालाई बीचमा ल्याउनु हुँदैन । एक पटक ६ हजारमा किनेको साईकल अर्को पटक ८ हजारमा किन्नु अनियमितता त्यतिकै झल्कीरहेको देखिन्छ । त्यसमा पनि बिना ब्राण्डको साईकलको अर्को पटक २ हजार रुपैयाँ नै मूल्य बढाउनु शँकास्पद रहेको छ ।
प्रदेश २ सरकारले प्रदेशको विभिन्न निकायमा जसपा पार्टीका नेताहरुको श्रीमति, भाई, बहिनीलाई पोष्ट गरेको प्रष्ट छ । अस्पतालदेखि अन्य निकायसम्म बिना कुनै विशेषज्ञताकै आफन्त भर्ती केन्द्र बनाएको गुनासो पनि त्यतिकै चलेको छ ।
लालबाबु सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न सहयोग गर्नुपर्छ । साईकल खरिद मात्र मुद्दा नभएर अन्य विभिन्न स्तरबाट भएको भ्रष्टाचारको छानबिनको लागि जनलोकपालको हैसियत खत्तम पार्दै अख्तियारले देखाएको चासोलाई मुख्यमन्त्रीले सराहना गर्नुपर्छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…