पौडी खेल्ने क्रममा पैनीमा डुबेर एक पुरुषको मृत्यू
पैनीबाट सिंचाई गर्न बाँध निर्माण गरिएको छ । बाँधमा जमेको पानिमा पौडि खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो ।

२०७८ असोज १२ मंगलबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरबाना नजिकै बेङाई पैनी बाँधमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ ।
साथीहरुसँगै पौडी खेल्ने क्रममा सिमराका अन्दाजी ४० बर्षिय भगवान काजी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक कार्की नेपाली सेनाका अवकास प्राप्त जवान भएको बुझिको छ । घटना स्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
पैनीबाट सिंचाई गर्न बाँध निर्माण गरिएको छ । बाँधमा जमेको पानिमा पौडि खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…