पत्रकार क्रान्ति सहित १३ जना उत्कृष्ट सूचना अभियन्ता पुरस्कारबाट पुरस्कृत
सो अवसरमा राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अभियन्ता, उत्कट सूचना अधिकारी र कर्मचारी लगायत १३ जनालाई पुरस्कृत गरेको हो ।

२०७८ असोज १२ मंगलबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै एकदशक देखि सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार शैलेन्द्र महतो क्रान्ति राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् ।
अन्तराष्ट्रिय सूचना दिवसको अवसरमा आयोगले जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार महतोलाई नगद ३५ हजार राशीको ुविनयकसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७८, प्रदान गरेको हो ।
राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रुपमा दोसल्ला र प्रमाण पत्रसहित पत्रकार महतोलाई पुरस्कार प्रदान गरेका हुन् ।
पत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।
सो अवसरमा राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अभियन्ता, उत्कट सूचना अधिकारी र कर्मचारी लगायत १३ जनालाई पुरस्कृत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…