वडाध्यक्षका छोरा गोली सहित पक्राउ
उनलाई पक्राउ गरी अहिले ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

२०७८ असोज १२ मंगलबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षका छोरा गोली सहित पक्राउ परेका छन् ।
कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ को सरोज कुमार मरिक गोली लिएर पक्राउ परेका छन् ।
उनी धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । उनको साथबाट गोली बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी अहिले ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…