सिरहाः पत्रकारिताको आडमा यादवको तस्करी धन्दा, महासँघले कारवाही गर्ने
उनले भने,–“म आफ्नो स्थानमा बसेर चिया खाँदैछु, त्यहाँ के को बोतल ? किन राखियो बोतल ? कसले राख्यो बोतल ? त्यो मलाई थाहा भएन् । कसैले फँसाउने उदेश्यले पनि राखेको हुन सक्छ । राखेर तस्विर खिचेको हुन सक्छ ।”

२०७८ असोज ११ सोमबार, बिहान ९:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित पत्रकारिताको आडमा तस्करी र बिचौलियाको काम गर्ने गरेको भन्दै पत्रकार महासँघ सिरहा शाखाले कारवाही गर्ने भएको छ ।
आफूलाई विभिन्न मिडियाको पत्रकार बताउँदै आएका सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर ६ बस्ने आलोक यादवले सिरहाको बोर्डरमा हुने विभिन्न तस्करीमा सँलग्नता सुन्नमा आएको भन्दै कारवाहीको माग पनि गरिएको छ ।
पत्रकारिता पेशालाई नै बदनाम गर्ने गरी पत्रकारिताको आडमा तस्करीमा सँलग्न भएको भन्दै यादवलाई कारवाहीको माग गरिएको हो । नेपाल पत्रकार महासँघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै आलोक यादवलाई कारवाहीको माग गरेको हो ।
आफूलाई पत्रकार भन्ने आलोक यादवको एउटा तस्विर अहिले समाजिक सँजालमा चर्चाको विषय बनेको छ । तस्विरमा आलोक यादव सहित अन्य एक जनाले हातमा चिया राख्दै अगाडीमा दुई वटा लागुऔषध (प्रतिबन्धित) भनिने कोरेक्सको बोतल समेत राखेका छन् ।
आफूलाई पत्रकार भन्ने यादवको अगाडी नै दुईटा कोरेक्सको बोतल हुनु पनि शँका उब्जिएको छ । तस्विरमा चिया पसल देखिएको छ । त्यहाँ आलोक यादव पनि मोबाइल खेलाउँदै हातमा चिया राखेर बसेका छन् भने उनकै अगाडी कोरेक्सको दुईटा बोतल पनि राखिएको छ ।

राखिएको दुईवटा बोतल कसले राखेको बारेमा फोटोले मात्र यकिन गर्न सकिदैनन्, तर तस्विरको बारेमा न्यूज ब्यूरोको जिज्ञासामा आलोक यादवले आफू मोबाईल चलाउँदै चिया खाँदै गरेको बेला कसले के राखेको आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
उनले भने,–“म आफ्नो स्थानमा बसेर चिया खाँदैछु, त्यहाँ के को बोतल ? किन राखियो बोतल ? कसले राख्यो बोतल ? त्यो मलाई थाहा भएन् । कसैले फँसाउने उदेश्यले पनि राखेको हुन सक्छ । राखेर तस्विर खिचेको हुन सक्छ ।”
यादवले तस्करीको लागि प्रहरीसँग मिलोमत्तो गरेको सन्दर्भमा उनले अस्विकार गरे । उनले केही जनाले आफूलाई फँसाउन खोजेको बताए ।
विभिन्न सँचारमाध्यमा सोही विषयको समाचारलाई उदृत गर्दै महासँघले उनीप्रति कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ । केही अधिकारिक सुचिकृत नै नभएको मिडियाहरुमा समाचार लेखिएको देखिएपनि महासँघमा आवद्ध पत्रकारहरुले काम गर्ने मिडियामा नै आलोक यादव सम्बन्धि सो समाचार भने देखिएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…