नगरपालिकासँग सूचना माग गर्दै ६ दिनदेखि रिले अनसन
त्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।

२०७८ असोज ९ शनिबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा छ दिनदेखि सूचना माग गर्दै रिले अनशन जारी राखिएको छ ।
भदौ ४ गतेदेखि पालिकाको प्रवेशद्वारमा ‘भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति’ का पदाधिकारी र राजनीतिकर्मीहरूले सूचनाको माग गरेर रिले अनशन गरिरहेका छन् ।
समितिले पालिकामा गत जेठ २३ गते विभिन्न ९ वटा शीर्षकमा सूचना मागेको थियो । त्यसअघि मौखिक रूपमा पनि सूचना माग गरेको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले बेवास्ता गरेपछि रिले अनशन थालेको समितिका संयोजक एवम् जनता समाजवादी पार्टीका सुरेश यादवले जानकारी दिए ।
नगरका जनप्रतिनिधिहरूले विकासभन्दा कमिसनलाई प्राथमिकतामा राखेको उनीहरूको आरोप छ । अनशनकारीहरूले पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना दिन आनाकानी गरिरहेको बताए ।
अनशनकारीहरुले स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिका आफैँले चौमासिकमा रूपमा सूचना सम्प्रेषण गर्नुपर्ने भएपनि सूचना माग्दासमेत नदिएको गुनासो पोखेका छन् ।
उनीहरूले चालु आर्थिक वर्षको बजेट र योजनाको दास्ताबेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टाइन सञ्चालन र रोकथामका लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरेका छन् ।
यस्तै, कोरोना महामारीमा वितरण भएको राहत प्राप्तकर्ताको नामावली, संघ र प्रदेश सरकारले पठाएको सर्सत अनुदानको स्पष्ट विवरण र नगरका पोखरीहरूको आम्दानीको विवरण पनि माग गरिएको छ ।
त्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।
जसपाका सबैला नगर समितिबाट नेता तथा कार्यकर्ताहरुले रिले अनसन बसेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…