सशस्त्र प्रहरी भिस्वाले पक्रे साढे १० किलो गाँजा
बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेक प्रहरीले जनाएका छन। तस्करहरुले नेपालबाट टाउकोमा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली हेरेर गाँजाको पोका फालेर भारतिय क्षेत्रमा तस्करहरु भागेका छन।

२०७८ असोज ८ शुक्रबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्रबाट लागू औषध गाँजा बरामद भएको छ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोलीले करिब १ः३० बजे लागू औषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेक प्रहरीले जनाएका छन। तस्करहरुले नेपालबाट टाउकोमा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली हेरेर गाँजाको पोका फालेर भारतिय क्षेत्रमा तस्करहरु भागेका छन।
सशस्त्र प्रहरी बल वि ओ पी भिस्वा बंजारीले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…