मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा, अब बैदेशिक रोजगारीमा मलेसिया जान खुल्ला
नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल आएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने

२०७८ असोज ७ बिहीबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तव्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई लगाएको प्रतिबन्ध खुला गरेको हो । अ
नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल आएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् ।
मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको वेबसाइटमा दर्ता गर्नुपर्ने जनाएको छ ।
साथै मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…