लोसपामा पहिलो पटक प्रदेश २ संसदीय दलको नेतामा पूर्वमन्त्री सुरीता साहको सम्भावना
स्रोतका अनुसार सुरीता साहको पार्टीमा लगानी रहेको र प्रदेश नं २ मा महिला नेतृ मध्येमा अग्रस्थानमा नाम रहेकोमा उनको सम्भावना वढि रहेको छ । यद्यपी लोसपामा संसदीय दलका नेता बन्ने आकांक्षीहरु धेरै रहेको छ ।

२०७८ असोज ७ बिहीबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गठन भएसंगै प्रदेश २ मा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयनका लागि आइतवार बैठक बस्ने भएको छ ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आईतबार दिउँसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।
संसदीय दलको वैठक लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको र सोहि मुतावीक विहीवार महतो जनकपुरधाम समेत आएको देखिएको छ ।
लोसपा गठन भएपछि संसदीय दलका नेतामा दुइजनाको नाम अग्रस्थानमा रहेको देखिएको छ । दुइजनामा पूर्वमन्त्री सुरीता साह र जितेन्द्र सोनल मध्ये एकलाई चयन गर्नुपर्नेमा सुरीता साहको नाम अग्रस्थानमा रहेको स्रोतको दावी रहेको छ ।
स्रोतका अनुसार सुरीता साहको पार्टीमा लगानी रहेको र प्रदेश नं २ मा महिला नेतृ मध्येमा अग्रस्थानमा नाम रहेकोमा उनको सम्भावना वढि रहेको छ । यद्यपी लोसपामा संसदीय दलका नेता बन्ने आकांक्षीहरु धेरै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…