साउदी अरबमा श्रमिक समस्या, सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न
साउदी अरब, ४ चैत्र । साउदी अरबको जुबेल स्थित एस.ओ.एस कम्पनीमा नेपाली राजदूतावास रियाद साउदी अरबको आयोजनामा गत १६ मार्च (शुक्रवार) श्रमिक समस्या, सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली श्रमिकहरूसँग सिधै सम्पर्क गरि उनीहरूको समस्यालाइ नजिकैबाट नियाल्ने र गुनासाहरू संबोधन गर्ने

२०७४ चैत ४ आइतबार, बिहान ८:५२ बजे३ मिनेट पढाइ

साउदी अरब, ४ चैत्र । साउदी अरबको जुबेल स्थित एस.ओ.एस कम्पनीमा नेपाली राजदूतावास रियाद साउदी अरबको आयोजनामा गत १६ मार्च (शुक्रवार) श्रमिक समस्या, सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली श्रमिकहरूसँग सिधै सम्पर्क गरि उनीहरूको समस्यालाइ नजिकैबाट नियाल्ने र गुनासाहरू संबोधन गर्ने उदेश्यका साथ राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
बिभिन्न चरणमा बिभाजित कार्यक्रमको प्रथम चरण नेपाली राजदूतावास रियाद साउदी अरबका महामहिम राजदूत प्रो. डा. महेन्द्र सिंह राजपुतको अध्यक्षताबाट सुरूवात गरिएको थियो । कार्यक्रममा नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव बिजय राउत, पुर्वी क्षेत्रका दुतावास कर्मचारी हरी घिमिरे लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा नेपाली जनसमुदाय एवम् नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो ।
नेपाली राजदूतवासका द्वितीय सचिव विपिन दुवाडीद्वारा संचालित कार्यक्रम नेपाली राष्ट्रिय गानको धुनबाट सुरूवात गरिएको थियो भने रोजगारीको सिलसिलामा साउदी अरबमा आइ ज्यान गुमाउने नेपाली कामदारहरूको स्मरणमा एक मिनट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रममा नियोग उपप्रमुख आनन्द प्रसाद सर्माले स्वागत मन्तव्य दिदै कार्यक्रमको उदेश्य तथा औचित्यबारे प्रष्ट्याएका थिए ।
कार्यक्रममा स्वयमसेबकको भूमिका समेत निभाएका एनआरएनए जुवेल स्थानिय समन्वय समिति प्रमुख सल्लहकार तथा संघिय राष्ट्रिय लोकतान्त्रिक मंचका केन्द्रिय सदस्य श्रीप्रसाद यावा लिम्वु, एनआरएनए आइसिसि मध्यपूर्व महिला सहसंयोजक याश्मिन बेगम, नेपाली साझामन्च साउदी अरबका प्रतिनिधिको तर्फबाट महेश श्रेष्ठ, वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सहसंयोजक जोन (राजेन्द्र) अर्याल, गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष नारायण पासवान लगायतका बक्ताहरूले श्रमिक समस्या, सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रमबारे मन्तव्य एवम् बिचार राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा, साउदी अरबको पुर्वी प्रान्त जुबेल, दम्माम लगायत आसपासका क्षेत्रमा रहेका पीडित नेपाली कामदारहरूको समस्या र गुनासा सम्मेलित प्रत्यक्ष अन्तक्रिया कार्यक्रम चलाइएको थियो । अन्तरक्रिया कार्यक्रममा झापा नेपाल घर भएका पिडित बिमल कुमार आले मगर, महोत्तरी घर भएका बिक्रम शाह, सवारी साधन दुर्घटनामा परि मृत्यु भएका उमेश अधिकारीका तर्फबाट घनेन्द्र अधिकारी, जाजरकोट घर भएका बिष्णु नेपाली, झापा घर भएका उथिम साह, भिम भट्टराइ, कामनाथ भट्टराइ, प्यूठान घर भएका अनन्त ब. घर्ती मगर, इटहरि घर भएका सन्तोष पासवान, कुल बहादुर सुनार, हरि कुमार महत्तो, बिमल पाण्डे लगायतका पिडित नेपाली कामदारहरूले आ–आफ्नो समस्या राख्दै समाधान र उद्धारका लागी दूतावाससँग अनुरोध गरेका थिए ।
अधिकांस पिडितहरूले लामो समयदेखि तलव नपाएको, करार अबधि पुरा गरेर पनि रोजगारदाता कम्पनीले नेपाल नफर्काएको, अस्थाइ आवासीय परिचयपत्र (इकमा) नविकरण नगरिदिएको साथै खाना वस्न समेत समस्या रहेको पिडा सुनाएका थिए ।
पिडित नेपाली कामदारहरूको गुनासा तथा समस्याहरूलाई श्रमसहचारी अम्बिका प्रसाद अधिकारीले संबोधन गर्दै पीडित नेपाली कामदारहरूको समस्यलाइ टिपोट गरिएको र समस्या समाधनका लागी दूतावासले पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
सो अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याएका बदर अल खलिज हस्पिटलका चिकित्सक टोलिका डा. मोहम्मद अब्दुल खलिदलाइ दुतावासका तर्फबाट महामहिम राजदुतद्वारा प्रसंसा सहित कदर शिल्ड हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा १०० जना भन्दा बढि सहभागिहरूले व्लड प्रेसर तथा सुगर परिक्षण गराएका थिए भने दूतावासका प्रथम सचिव बिजय रावतले तनावरहित सफल जिवन जिउनका लागी स्वास्थ्यटिप्स तथा योगा शिक्षा सम्बन्धि जानकारी र तालिम समेत दिएका थिए ।
अन्तिम चरणमा महामहिम राजदूत राजपुतले कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउने सबैलाइ धन्यवाद प्रकट गर्दै साउदीका बिभिन्न जेलहरूमा परेका नेपाली कामदारहरू तथा घरेलु महिला कामदारहरू स्थिति बारे जानकारी हासिल गर्न दूतावास लागि परिरहेको, दुतावासको जानकारीमा आएका समस्याहरूलाइ समाधान गर्न अधिक प्रयास गरिरहेको जानकारी दिएका थिए ।
त्यस्तै सवारी साधन दुर्घटनमा परि बिगत पाँच बर्षदेखि किङफाहाद हस्पिटलमा उपाचार गराइरहेका धनुषा घर भएका धरम नाथ पासवानको सहयोगका लागि पाँचसय साउदी रियाल, प्रमोद मण्डल तथा प्रेम कुमार राइ बचाउ अभियानका लागी जनही एकहजार साउदी रियाल नगद सहयोग हस्तान्तरण गर्दै चौमासिक रूपमा व्यक्तिगत सहयोग रासि पीडित नेपाली कामदारहरूका लागी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…