घरेलुका सुब्बा १५ सय रुपैयाँ घुस सहित रँगेहात पक्राउ
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

२०७८ असोज ५ मंगलबार, दिउँसो ४:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित पक्राउ गरको हो ।
सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…