'मधेशी दलाल होसियार, शहिदसँग कुर्शी साट्न पाउँदैन' भन्दै युवाहरुले मनाए कालो दिवस
उक्त कार्यक्रम संचालन चुडामणिा यादवले गरेको थियो भने वक्ताको रूपमा समाजसेवी शिव यादव, आशिक अलि लगायतले सम्बोधन गरेको थियो । उक्त कार्यक्रमको समापन कार्यक्रम संयोजक आदर्श सहनीले मधेसको मुद्दा राख्दै गरेको थियो ।

२०७८ असोज ३ आइतबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युथ एसोसिएशन अफ नेपालले विगत बर्षझै यस बर्ष पनि असोज ३ लाई कालो दिनको रूपमा मनाएको छ ।
युथ एसोसिएशन अफ नेपालका पदाधिकारी, सदस्यहरु सहित युवाहरुले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम सहित देशको राजधानी काठमान्डौँमा समेत नारावाजी गर्दै कालो दिवस मनाएको हो ।
सँविधान सँशोधन गर, मधेशको माग सम्बोधन गर, मधेशी दल होसियार, शहिदसँग कुर्सी साट्न पाउँदैन भन्ने मूल नारा सहित उनीहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाएको हो । असोज ३ गते सरकारले सँविधान दिवस मनाउन भनिएपनि सँविधानमा त्रुटी भन्दै कालो दिवस मनाएको हो ।

देशको विभिन्न स्थानमा नेपाली काँग्रेस, एमाले, एमाले (एस) ले सँविधान दिवस मनाएको हो भने आफूलाई मधेशी दल भनेर सम्बोधित गराउने जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरुले कालो दिवस मनाएको हो ।
सोही क्रममा युवाहरुले काठमान्डौँमा नारा जूलूस सहित बिजुली बाजारबाट रयाली निकाल्दै माइती घरसम्म रयाली गरेको थियो । माईती घरमा कोण सभा र श्रद्धाञ्जली कार्यक्रम समेत गरेको थियो । उनीहरुले मधेश आन्दोलनमा र सँविधान लेखनको बेला शहादत दिएका शहिदहरुको श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रम संचालन चुडामणिा यादवले गरेको थियो भने वक्ताको रूपमा समाजसेवी शिव यादव, आशिक अलि लगायतले सम्बोधन गरेको थियो । उक्त कार्यक्रमको समापन कार्यक्रम संयोजक आदर्श सहनीले मधेसको मुद्दा राख्दै गरेको थियो ।
यता, सर्लाहीमा समेत विरोधका कार्यक्रमहरु गरिएको छ । संस्थापक अध्यक्ष राहुलराज यादव लगायत स्थानीय युवा बिरेन्द्र यादव, धर्वेन्द्र यादव, धर्बिन राय तथा दर्जनौं युवाको सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…