विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली
न्यूज ब्यूरो || जनकपुरधाम, ३ चैत्त । यूएस बाङ्ला एयरवेज दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिका लागी धनुषाको महेन्द्रनगरमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाइएको छ । माँ दुधमत्ती युवा क्लबको आयोजनामा शनिबार साँझ स्थानीय दुधमत्तीचोकमा दिप प्रज्वलन गरिएको हो । दुर्घटनामा परि ज्यान गुमाएक

२०७४ चैत ३ शनिबार, राति ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ चैत्त ।
यूएस बाङ्ला एयरवेज दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिका लागी धनुषाको महेन्द्रनगरमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाइएको छ ।
माँ दुधमत्ती युवा क्लबको आयोजनामा शनिबार साँझ स्थानीय दुधमत्तीचोकमा दिप प्रज्वलन गरिएको हो ।
दुर्घटनामा परि ज्यान गुमाएकाहरुको सम्झना र मृतकहरुको चिर शान्तिका लागी दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा सहभागीहरुले मैनवत्ती बालेर मौनधारण समेत गरेका थिए । त्यस्तै उनीहरुले घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
श्रद्धाञ्जली सभामा क्लबका पदाधिकारी तथा स्थानीयवासी लगायत करिव ८० जनाको सहभागीता रहेको क्लबका अध्यक्ष सितेश कुमार झाले जानकारी दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…