शहिदनगरमा जनमत पार्टीको नगर कार्यालय स्थापना
अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

२०७८ असोज १ शुक्रबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नगर कार्यालय धनुषाको शहिदनगरमा स्थापना गरिएको छ ।
जनमत पार्टीले शुक्रबार एक कार्यक्रमबीच शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहा चोकमा पूजाआजा गरी जनमत पार्टीले नगर कार्यालय खोलेको हो । कार्यालयको उद्घाटन जनमत पार्टीका नेता मदनकुमार यादवले गरेका छन् ।
जनमत पार्टीका विश्वासिलो पात्र मानिएको नेता यादवले शहिदनगरमा पार्टीको सम्पर्क कार्यालय हुने गरी कार्यालयको स्थापना गरेको हो । चुनाव नजिकिदै गर्दा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रिय भएका छन् ।
अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…