जनकपुरमा लामखुट्टे नियन्त्रणको पहल सुरु
नीभा झा || जनकपुरधाम, ३ चैत्त । जनकपुरमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न चौतर्फी दबाबपछि उपमहानगरपालिकाले पहल सुरु गरेको छ । जनकपुरवासीले विरोध तथा आन्दोलनको चेतवानी दिएपछि उपप्रमुख रिता कुमारी मिश्रको अध्यक्षतामा वसेको वैठकबाट लामखुटे नियन्त्रण प्रक्रिया आजैबाट सुरु गर्ने निर्णय गरिएको हो । नगरपा

२०७४ चैत ३ शनिबार, राति ११:२४ बजे१ मिनेट पढाइ

नीभा झा ||
जनकपुरधाम, ३ चैत्त । जनकपुरमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न चौतर्फी दबाबपछि उपमहानगरपालिकाले पहल सुरु गरेको छ ।
जनकपुरवासीले विरोध तथा आन्दोलनको चेतवानी दिएपछि उपप्रमुख रिता कुमारी मिश्रको अध्यक्षतामा वसेको वैठकबाट लामखुटे नियन्त्रण प्रक्रिया आजैबाट सुरु गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाले नगर क्षेत्रभित्र लामखुटेको प्रकोप वढेकाले डढेके मोविल,मटितेल,र सर्फ मिलाएर नलाहरुमा स्प्रे छर्ने कार्य सुरु गरिएको छ ।
त्यसैगरि लामखुटे नियन्त्रणका लागि हाल मौज्दातमा रहेको फगिंग मेशिन विग्री सकेको हुदा मर्मत गर्ने मेकनीक विराटनगरमा मात्र उपलव्ध रहेकोले मर्मतको लागि आजै पठाउने निर्णयसंगै नयाँ फगिंग मेशिन एक थान अविलम्व खरिद गर्ने भएको छ ।
लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपकरण,औषधी,मोविल,मटितेल सर्फ खरिद गर्ने तथा लामखुटे नियन्त्रण्मा खटने व्यक्तिलाई नियमानुसारको ज्याला र कर्मचारीलाई खाजा भक्ता उपलव्ध गराउने निर्णय गरिएको उप प्रमुख रिता कुमारी मिश्रले जानकारि दिइन ।
वैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सचितानन्द देव,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह,नगरपालिका इन्जिनियर विरेन्द्र यादव,प्रहरी निरिक्षक शशी कुमार ठाकुर लगायतको उपस्थिती रहेको थियो ।
शुक्रवार स्थानीय युवाहरु तथा सर्वसाधारणले लामखुट्टे नियन्त्रणको लागि झूल आन्दोलन गरेका थिए ।
दिउँसै झूल ओढेर युवाहरुले साँकेतिक विरोध जनाएपछि चौतर्फी दबाबलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका सरोकारवालाहरुले मात्र चासो देखाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…