प्रदेश २ः अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

२०७८ भदौ ३० बुधबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थितबाट एक नक्कली परीक्षार्थीलाई परीक्षा केन्द्रबाटै पक्रा गरिएको छ ।
पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
बुधवारदेखि शुरु भएको कक्षा १२ को परीक्षा अर्काको नाममा दिने राजकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…