एम्बुलेन्सको ठक्करबाट मृत्यु
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।

२०७८ भदौ ३० बुधबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।
एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक चलिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…