जनमत पार्टीको विस्तारित बैठक आजदेखि जनकपुरमा
डा. सिके राउतको पार्टी तराई मधेश सहित प्रदेश नम्बर २ मा बलियो हुँदै गएको छ । युवा पुस्ताहरुले डा. राउतको समर्थन विगतदेखि नै गर्दै आएका छन् ।

२०७८ भदौ ३० बुधबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विस्तारित बैठक आजदेखि जनकपुरमा बस्दैछ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बस्न लागेको पार्टीको विस्तारित बैठकमा सँगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसमायिक राजनीति लगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिँहले जानकारी दिए ।
बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।
डा. सिके राउतको पार्टी तराई मधेश सहित प्रदेश नम्बर २ मा बलियो हुँदै गएको छ । युवा पुस्ताहरुले डा. राउतको समर्थन विगतदेखि नै गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…