बालबालिकाको स्वास्थ्य र शिक्षाको अधिकार प्रवद्र्धनमा खाँचोः प्रदीप भगत
महामारीले विश्व प्रभावित हुँदा बालबालिका बढी पीडित भएको उल्लेख गर्दै उहाँले उनीहरूको स्वास्थ्य, शिक्षालगायत हक अधिकारको प्रवद्र्वनमा थप मिहिनेत र ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

२०७८ भदौ २९ मंगलबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बिराटनगर । मेरिल्याण्ड कलेजका फाउन्डर सदस्य प्रदिप भगतले नेपालमा बालबालिकाको हक, अधिकार प्रवद्र्धनका प्रयास र उपलब्धि सकारात्मक देखिएका बताए । आज मङ्गलबार ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा कलेजमा विद्यार्थी माझ बोल्दै उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
यस वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारीः लअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित बाल दिवस मनाएको छ ।
भगतले दसवर्षे जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बनेका कानुनको फितलो कार्यान्वयनले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि यस क्षेत्रका लागि कार्ययोजना राम्रो बनेको बताउनुभयो ।
महामारीले विश्व प्रभावित हुँदा बालबालिका बढी पीडित भएको उल्लेख गर्दै उहाँले उनीहरूको स्वास्थ्य, शिक्षालगायत हक अधिकारको प्रवद्र्वनमा थप मिहिनेत र ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…