शहिदनगरमा नेता शिवधारी यादवका छोरा विशेश्वरले सभापतिमा उम्मेदवारी दिने
विशुद्ध रुपमा नेपाली काँग्रेसको दिग्गज नेता मानिएको शिवधारीका जेठा छोरा विशेश्वर यादव पनि विगत ३० बर्षदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीतिमा सक्रिय छन् । शहिदनगर नगपालिका वडा नं ३ गोठकुहा स्थायी निवासी विशेश्वर प्रसाद यादवलाई सर्व सहमतिले चयन गर्ने सम्भावना पनि देखिएको छ ।

२०७८ भदौ २९ मंगलबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ नगर अधिवेशनको लागि धनुषाका चर्चित नेता शिवधारी यादवका छोरा विशेश्वर प्रसाद यादव सभापतिमा उम्मेदवारी दिने भएको छ ।
आउँदो असोज ९ गते हुने नेपाली काँग्रेसको १४ औँ नगर अधिवेशनको लागि विशेश्वर प्रसाद यादवले सभापतिमा उम्मेदवारी दिने भएको छ । उनले शहिदनगर नगरपालिकाको नगर सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
धनुषामै इमान्दारिताको उदाहरण दिइने नेता शिवधारी यादवको जेठा छोरा रहेका विशेश्वर गत वि.सं. २०४६ सालको जनआन्दोलनमा गोली खाएका थिए । पूर्व साँसद समेत रहेका नेता शिवधारी यादवलाई प्रहरीले नियन्त्रणमा लिनको लागि चलाएको छर्रा गोली लागेर विशेश्वर समेत घाईते भएका थिए ।
विशुद्ध रुपमा नेपाली काँग्रेसको दिग्गज नेता मानिएको शिवधारीका जेठा छोरा विशेश्वर यादव पनि विगत ३० बर्षदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीतिमा सक्रिय छन् । शहिदनगर नगपालिका वडा नं ३ गोठकुहा स्थायी निवासी विशेश्वर प्रसाद यादवलाई सर्व सहमतिले चयन गर्ने सम्भावना पनि देखिएको छ ।
नेपाली काँग्रेस पार्टीमा शिवधारी यादवलाई दिग्गज इमान्दार नेता मानिन्छ । पदीय लोभ कहिल्यै नदेखाएका शिवधारी यादवकै आशिर्वादले विशेश्वर सभापतिको लागि उम्मेदवारी दिने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…