प्रदेशका ६४ वटा विद्यालयहरुमा प्राबिधिक कक्षा संचालन हुने
छलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा आउने प्रतिबद्धता समेत जनाए ।

२०७८ भदौ २९ मंगलबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को विभिन्न जिल्लामा प्राविधिक कक्षा सँचालन हुने भएको छ । ८ वटै जिल्लाबाट ६४ वटा विद्यालयमा प्राविधिक कक्षा सँचालन हुने भएको छ ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषदका उपाध्यक्ष ,परिक्षा नियन्त्रक र प्रदेश न २ प्रादेशिक कार्यालयका निर्देशकसँग प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले भेटघाटमा सो छलफल भएको बताइएको छ ।
भेटघाटमा प्राबिधिक शिक्षाका कार्यान्वयनका सम्पुर्ण पक्ष प्रदेश सरकारको र करिकुलम तथा क्वालिटी मेन्टेनको जिम्मा संघमा रहने गरी व्यवस्थापन हुन लागेको छलफलमा बताए।
छलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा आउने प्रतिबद्धता समेत जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…