प्रदेश २ को राजविराजमा कृषि विश्वविद्यालय
यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिए ।

२०७८ भदौ २८ सोमबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।
विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उनले बताए ।
उनले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिए ।
उनले भने “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ ।
यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिए ।
यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…