प्रदेश २ः उपचारको लागि अस्पताल लगेको थुनुवा प्रहरी हिरासतबाटै फरार
प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए । फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

२०७८ भदौ २७ आइतबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रहरी हिरासतमा रहेका एक अभियुक्त अस्पतालबाट फरार भएका छन् ।
लागुऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका हुन् ।
भारतको रक्सौलबाट भदौ १६ गते आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो ।
लागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको प्रहरी उपरीक्षक पाण्डले बताए ।
प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए । फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…