फेरी एक युवक मृत अवस्थामा फेला
मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । गत २५ गते पनि विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेको थियो ।

२०७८ भदौ २७ आइतबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित विगत केही दिनदेखि बेबारिसे मृतकहरु भेटने क्रम जारी छ ।
गत भदौ २५ गते शुक्रबार मात्र एक पुरुषको लास भेटाएको थियो भने आईतबार पनि एक पुरुषको लास भेटाएको हो । विराटनगर वडा नम्बर ९ पुरानो गुद्री बजारमा एक जना पुरुष मृत फेला परेका छन् ।
पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । गत २५ गते पनि विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेको थियो ।
गत शुक्रबार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…