काँग्रेसको तीव्र सँगठन विस्तारले कम्यूनिष्ट र मधेशवादीको निन्द्रा हरामः तरुण दल
सिरहाका तरुणहरू कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणमा लागेका हुन् ।

२०७८ भदौ २६ शनिबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल तरुण दल सिरहाका जिल्ला सदस्य अरबिन्द मण्डलले काँग्रेसको तीव्र सँगठन विस्तार हुँदै गर्दा सिरहाका कम्यूनिष्ट र मधेशवादी दलहरुको निन्द्रा उडेको बताएका छन् ।
नेपाल तरुण दल सिरहा जिल्ला धनगढीमाई नगरपालिकामा शनिबार सँगठन विस्तारको लागि बसेको बैठकलाई सम्बोधन गर्दै युवा नेता मण्डलले सिरहाको विभिन्न स्थानीय तहमा नेपाली काँग्रेसको सँगठन बलिया हुँदै गएको दाबी गरे ।
नगर कार्यसमितीका नगर अध्यक्ष बिक्रम हमालको अध्यक्षमामा सम्पन्न भएको नेपाल तरुण दलको सँगठन विस्तारको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले तरुण दलको सक्रियताले मधेशवादी दल र कम्यूनिष्टहरु सलबलाउन थालेको बताए ।
तरुण दलको वडास्तरीय, नगरस्तरिय सँगठन विस्तारको लागि निर्देशन दिँदै सभापति यादवले भातृ सँगठनको विस्तारको लागि काँग्रेसको जिल्ला कार्य समिति सदैव तत्पर रहेको बताए ।
शनिवार नेपाल तरुण दल धनगढीमाई नगरपालिका गरिएको सँगठन विस्तारको क्रममा ३ वटा वडाहरुको अध्यक्ष , उपाध्यक्ष , सचिव , सह–सचीव लगायत अन्य ३० जनालाई प्रत्येक वडाको सदस्यहरुलाई मनोनित गरिएको हो ।
तरुण दलको जागरण तथा संगठन बिस्तार अभियानअन्तर्गत धनगढी माई नगरपालिका वडा नम्बर १० जिरोमाइल्मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ ।
सो क्रममा बोल्दै युवा नेता बिक्रम हमालले कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने धनगढीमाई नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको टिप्पणी गरेका हुन ।
“नेपाल तरुण दलको कार्यबाट कम्युनिस्टहरू निद हराम भएको छ । सिरहाका तरुणहरू कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणमा लागेका हुन् । –उनले भने ।
सो कार्यक्रममा तपेश्वर महतो, धनेश्रर यादव लगायत अन्य तरुण युवाहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…