अब हरेक पालिकामा ५०० बेरोजगार युवालाई रोजगारी दिने यस्तो नीति
यस्तै युवाहरुलाई सीप तथा उद्यमशीलता तालीममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखाहरूमार्फत प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।

२०७८ भदौ २५ शुक्रबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सरकारले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने नीति लिएको छ। बजेट प्रतिस्थापन विधेयकमार्फत सरकारले प्रत्येक पालिकाका ५०० बेरोजगार युवालाई बिना धितो ऋण प्रवाह गरी स्वरोजगार बनाउने नीति लिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा लघु, साना तथा मझौला उद्योग, व्यवसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति, दलित समुदाय व्यवसाय विकास कर्जालगायतका उत्पादनका क्षेत्रमा स्वरोजगार बनाउन बिना धितो प्रदान गरिने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमलाई विस्तार गरिएको उल्लेख गरिएको छ ।
यस्तै युवाहरुलाई सीप तथा उद्यमशीलता तालीममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखाहरूमार्फत प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।
यस्तै सरकारले बेरोजगार युवाहरूको विस्तृत लगत अध्यावधिक गरी एकीकृत अभिलेख तयार गर्ने पनि बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…