प्रदेश सरकारले दिएनन सार्वजनिक विदा, यी स्थानीय तहहरुमा आज सार्वजनिक विदा
आगामी बर्षदेखि कृष्णाष्टमीलाई अब कटौती गरी अब चौठचन्द्र पर्वमा विदा सार्ने बताइएको छ ।

२०७८ भदौ २५ शुक्रबार, बिहान ९:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले आज चौरचन (चौठचन्द्र) पर्वको अवसरमा सार्वजनिक विदा दिएको छैनन् ।
प्रदेश नम्बर २ को अन्तर्गतको केही स्थानीय तहहरुले आज सार्वजनिक विदा दिएको हो । तराई मधेशमा निष्ठापूर्वक मनाइने चौरचन पर्वको लागि धनुषा सहित ८ वटै जिल्लाका केही स्थानीय तहहरुले आफू निर्णय गरी सार्वजनिक विदा दिएको हो ।
सो क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले समेत आज सार्वजनिक विदा दिएको हो । यसका साथै, धनुषाको कमला नगरपालिकाले समेत आज सार्वजनिक विदाको घोषणा गरेको हो ।
प्रदेश सरकारले अन्य ६ वटा विदा थप गरेकोमा कृष्णाष्टमीको दिन समेत विदा थपिएको थियो । तर, यसपाली केन्द्र सरकारले समेत कृष्णाष्टमीमा सार्वजनिक विदा दिएपछि प्रदेश सरकार र केन्द्र सरकारको विदा बाझेको थियो । थपिएको ६ विदामा चौठचन्द्र पर्वमा विदा उल्लेख भएको छैनन् ।
आगामी बर्षदेखि कृष्णाष्टमीलाई अब कटौती गरी अब चौठचन्द्र पर्वमा विदा सार्ने बताइएको छ । कृष्णाष्टमीको दिन केन्द्र सरकारले नै विदा गरेपछि सोही विदालाई सारेर चौठचन्द्र पर्वमा लगाइने बताईएको छ ।
चौठचन्द्र तराई मधेशमा मनाउँदै आएको आस्थाको पर्व हो । महिलाहरुले मनाउने निष्ठाको पर्व प्रदेश २ को हरेक जिल्लामा मनाइन्छ । अन्य जिल्लाहरुमा पनि चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…