जनकपुरः स्वस्तीका हस्पिटलमा डाक्टरले महिलालाई दुई पटक अपरेशन गरिदिएपछि मृत्यू !
त्यस्तो अवस्थामा बच्चालाई जोगाउन कठिन थियो । दुई पटक अपरेशन गरेको स्वीकार उनले गरे ।
२०७८ भदौ २४ बिहीबार, राति ८:४५ बजे२ मिनेट पढाइ
त्यस्तो अवस्थामा बच्चालाई जोगाउन कठिन थियो । दुई पटक अपरेशन गरेको स्वीकार उनले गरे ।
२०७८ भदौ २४ बिहीबार, राति ८:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको स्वस्तिका हस्पिटलमा एक गर्भवति महिलालाई चिकित्सकले दुई पटक अपरेशन गरिदिएपछि मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जिरोमाईलस्थित रहेको स्वस्तिका हस्पिटलमा बुधबार महोत्तरीको अधियानपुर बस्ने २० बर्षिय गर्भवति महिलालाई भर्ना गरिएको थियो । प्रसव हुने समयमा चिकित्सकले अपरेशन गरेर डेलिभरि गर्नुपर्ने भनेपछि अपरेशन गरिएको थियो ।
परिवारजनका अनुसार, भ्रमरपुरा बस्ने २० बर्षिय चाँदनी खातुनको पेटमा रहेको बच्चाले दिसा खाएको भन्दै अपरेशन गर्नुपर्ने बताएको थियो । अपरेशनको लागि परिवारजनले मन्जुरनामा गरेको बताइएको छ ।
बुधबार बेलुकी करिब ७ बजेको समयमा चाँदनीलाई अपरेशन गरिएको थियो । उनलाई अपरेशन मार्फत बच्चा निकालेको परिवारजनले जनाएको छ । प्रथम अपरेशनपछि सन्चै रहेकी चाँदनीलाई दोस्रो अपरेशनपछि मृत्यू भएको आरोप परिवारजनको छ ।

प्रथम पटक अपरेशनको लागि अभिभावकलाई भनेपछि नेपाल रेडक्रस सोसाईटीबाट रगत ल्याएको थियो । तर, अर्को पटक समेत अपरेशन गर्दा चाँदनीको रगतको कमी भएर मृत्यू भएको अस्पताल प्रशासनलाई उदृत गर्दै चाँदनीकी सासु सैरुल खातुनले बताइन् ।
बुधबार करिब १२ः३० बजेको समयमा जनकपुरको जिरोमाईलमा रहेको स्वस्तीका हस्पिटलमा चाँदनीलाई भर्ना गरिएको स्वीकार अस्पतालका व्यवस्थापक कोमल साहले गरे । उनका अनुसार, उमेर अपुगको कारण सुत्केरीको ज्यान गएको बताए ।

भर्ना बुधबार भदौ २३ गतै नै गरी अपरेशन पनि २३ गते नै गरिएको तर मन्जुनामामा २४ गते कसरी ?
साहका अनुसार, चाँदनीको उमेर कम भएको कारण उनको पाठेघरमा हुनुपर्ने आवश्क जति पानी नभएको कारण बच्चाले दिसा खाएर “मेकोनियम” भएको थियो । त्यस्तो अवस्थामा बच्चालाई जोगाउन कठिन थियो । दुई पटक अपरेशन गरेको स्वीकार उनले गरे ।
अपरेशनको क्रममा उनको ज्यान गएको स्वीकार गर्दै व्यवस्थापक साहले मृत्यू २३ गते अर्थात बुधबार नै भएपनि मृत्यू प्रमाणपत्रमा २४ गते विहिबार लेखिएको छ । यहाँसम्म की अपरेशन समेत बुधबार नै ७ बजे भएपनि अभिभावकसँग गरिएको मन्जुरनामा पत्रमा भने भदौ २४ गते विहिबार उल्लेख गरिएको छ ।
यसलाई व्यवस्थापक कोमल साहले प्राविधिक त्रुटी भएको बताएका छन् । यद्यपी, परिवारजनले चाँदनीको अपरेशन बुधबार नै भएको र बुधबार नै आफूहरु मन्जुरनामा गरेको बताएको छ । उनीहरुले एउटै मन्जुरनामामा सनाखत गरेको दाबी गरेका छन् । तर, अस्पतालले २३ गतेको पनि सनाखत देखाएका छन् । उनीहरुले एउटा २४ गते र २३ गतेको सनाखत देखाएका छन् ।
सुत्केरीको मृत्यू भएपछि हत्तारमा नक्कली मन्जुरनामा खडा गरिएको आरोप आफन्तजनले लगाए । यद्यपी, अस्पताल प्रशासनले मन्जुरनामा नक्कली नभएको र अपरेशन अघि नै गरिएको दाबी गरेका छन् । चाँदनीले आफू ज्यान दिएर छोरी जन्माएकी हुन् । दिसा खाएको कारण शिशुको समेत बाँच्ने सम्भावना कम रहेको बताइएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
प्रमुख समाचार
४ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१७ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१९ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२० घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…