MCC की उपाध्यक्ष आज नेपाल आउँदै, एयरपोर्टमा कडा सुरक्षा
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।

२०७८ भदौ २४ बिहीबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…